खोप कार्यक्रम धरासायी बन्दै



-ओम प्रसाद उपाध्याय

नेपालमा बि.स. २०२४ मा बिफर उन्मूलन कार्यक्रम लागू भयो। बि.स. २०३४ सालमा नेपाल लगायत बिश्वबाट बिफर उन्मूलन पश्चात बिस २०३५ साल देखि बिस्तारित खोप आयोजनाको नामबाट खोप कार्यक्रम शुरु गरियो। बि.स. २०४८ सालमा नेपालभरी कार्यक्रम सन्चालन भयो। प्रारम्भमा तीन बटा खोप एन्टीजेनबाट शुरु भएको कार्यक्रममा हाल एघारबटा खोप एन्टिजेन प्रदान गरिन्छ। आगामी दिनमा थप दुइ खोप थपिने क्रममा छन। नेपालले यूनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको मापदन्ड प्रभावकारी खोप ब्यबस्थापन को आधारमा खोप बितरण भन्डारण ढुवानीको गुणस्तर कायम गरेको छ।

खोपहरू बिमान मार्फत अन्तर्राष्ट्रीय बिमानस्थलमा आउने बिमानस्थलमा निश्चित बिधि प्रकृया पुरागरी रेफ्रीजिरेटोर भ्यानमा राखी केन्द्रीय खोप भन्डारको वाक इन कलर, वाक इन फ्रीजरमा स्तरीय कार्य सन्चालन बिधि अनुसार भन्डारण गरिन्छ। हर समय बिद्युत आपूर्ति बिहान बेलुका तापक्रम अनुगमन खोप भन्डार यूनिटहरूको मेशिनहरूको नियमित अनुगमन आपतकालिन ब्यबस्था यूनिसेफ गाभिफन्डबाट आउने खोपजन्य सामाग्रीहरूको स्वास्थ्य सेवा बिभाग हुदै स्वास्थ्य मन्त्रालय हुदै अर्थ मन्त्रालयबाट करमहसुल संबन्धी छुट निर्णय भन्सार बिभाग संबन्धीत भन्सार नाकाबाट सामान पैठारी गर्ने खोपजन्य सामाग्रीको भन्डारण बस्तु आगमन प्रतिबेदन प्रडक्ट अराइभल रिपोर्ट, खोप आगमन प्रतिबेदन, भ्याक्सीन अराइभल रिपोर्ट, अनलाइन प्रतिबेदन आदि कार्यहरू नियमित रूपमा सम्पादन गर्नु पर्ने खोप भन्डारमा व्यवस्था रहेको छ।

राष्ट्रीय खोप कार्यक्रमलाइ मार्गदर्शन गर्न खोप ऐन बनेको छ। ऐनमा राष्टीय खोप समिति, सल्लाहकार समिति, अनुसन्धान समिति को ब्यबसथा गरेको छ। खोप कार्यक्रमलाइ प्रभावकारी बनाउन तोकिएको लक्ष हासिल गर्न कोप्रिह्यान्सिप मल्टी एयर पाल्न २०१७ देखि २०२१ निर्माण भएको छ। डेट क्वालीटी एसुरेन्स कार्यक्रम पूर्ण खोप जिल्ला घोषणा खोपजन्य रोगको निगरानी सर्भिलेन्स आदि कार्यहरू सम्पादन गर्ने जिम्मेबारी रहेको छ। खोप कार्यक्रमले बालमृत्युदर घटाउन, मातृ मृत्युदर घटाउन उल्लेख्य योगदान दिएको छ। बाल अधिकार महिला अधिकारको संरक्षण गरेको छ।

हलै स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ दरबन्दी संरचनामा खोपकार्यक्रमसंग सम्बन्धीत कर्मचारीहरूको कार्य बिश्लेषण कार्यबोझको मतलब नगरी दरबन्दी कटौति गरिदा खोप कार्यक्रमलाइ ठूलो असर पर्ने भएको छ। बिगतमा बाल स्वास्थ्यको खोप शाखामा खोप सुपरभाइजर एक जना आपूर्ति व्यबस्थापन महाशाखा खोप तथा कोल्डचेन बितरण शाखामा खोप सुपरभाइजर एक मेकानिकल इन्जिनियर दुइ अ‍ौषधि ब्यबस्थापक एक कोल्डचेन अधिकृत चार जना दरबन्दी भएकोमा हाल औषधि ब्यबस्थापक मेकानिकल इन्जिनियर एलेक्ट्रीकल इन्जिनियर खोप सुपरभाइजर कोल्डचेन अधिकृतको दरबन्दी काटिएकोले खोप भन्डारण खोप कार्यक्रम जस्तो अति संबेदनशील कार्यक्रममा ठूलो प्रभाव पर्ने भएको छ।

बिस २०३५ सालको दरबन्दी बिस २०४८ सालको दरबन्दी हालको कार्य प्रकृति कार्य बोझ अनुसार त्यतिकै पनि न्यून थियो। हाल आएर महत्वपूर्ण दरबन्दी काटिएकोले कार्यक्रममा निकै कठिनाइ हुने भएको छ। आमा र बच्चाको स्वाथ्यमा समेत प्रभाव पर्ने देखिएको छ।
खोप कार्यक्रम मात्र होइन तथ्याङ्क, क्षयकुष्ठ, मलेरिया, कालजार नियन्त्रण, भेकस मलेरिया, परिवार नियोजन, स्वास्थ्य शिक्षा लगायतका दरबन्दी जथाभावि कटाउदा अहिले सबै समूहका कर्मचारीहरू उपप्रधान तथा स्वास्थ्यमन्त्रीकहा नियमित डेलिगेसन जाने कार्यक्रम भैरहेको छ। हालको दरबन्दी संरचना जनस्वास्थ्य वा चिकित्सकलाइ कसरी हाकिम बनाउने भन्ने अभिप्रायले बनाएको देखिन्छ। जनस्वास्थ्यका कार्यक्रमलाइ मतलब नगरी बनाएको दरबन्दी संरचनाले ठूलो समस्या ल्याउने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्