सरकार र पत्रकारलाई स्वास्थ्य सामाग्री



नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले साझा प्रयासबाट प्राकृतिक तथा मानविय क्षति कम हुने बताएका छन्। सिंगापुर रेडक्रसबाट प्रारम्भ सामाजिक संस्थाको पहलमा प्राप्त प्राथमिक स्वास्थ्य सामाग्री वितरण गर्दै मन्त्री बास्कोटाले उक्त कुरा बताएका हुन्।

जिल्लाका बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध, पाँचखाल, मण्डन देउपुर नगरपालिका र रोशी गाउँपालिका सहित नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले श्रोत र साधनको सहि सदुपयोग ग¥यौ भने मुलुकको विकास सम्भव भएको बताए। जिल्लाको डाँडापारी आगामी वर्ष भित्रै सडक सञ्जाल पु¥याउने लक्ष्य अनुसार कार्य गरिएको बताउँदै मन्त्री बास्कोटाले सुख र खुशी सम्वृद्धको आधार भएकाले त्यसकै लागि सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको बताए। प्राथमिक स्वास्थ्य सामाग्रीका सामानहरू रोशी गाउँपालिकालाई ४ सय ८ थान, धुलिखेल नगरपालिकालाई ३ सय १२ थान, बनेपा नगरपालिकालाई २ सय ६४ थान, पनौती नगरपालिकालाई ४ सय ८ थान, पाँचखाल नगरपालिकालाई ३ सय १२ थान, नमोबुद्ध नगरपालिकालाई ४ सय ८ थान, मण्डन देउपुर नगरपालिकालाई ३ सय १२ थान र नेपाल पत्रकार महासंघलाई २ सय १६ थान सामाग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य, अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, संस्थाका अध्यक्ष एवं सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्रिलाई सम्मान गरिएको थियो। सोहि कार्यक्रममा बरिष्ठ कलारकार आचार्य, अर्थ सचिव खनाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यमान दोङ्ग, नेपाली कांग्रेसका सभापति मधु आचार्य, पत्रकार महासंघ काभ्रेका सल्लाहकार भोला थापा, संस्थाका डाईरेक्टर बद्रिराज तिमल्सिना लगायतले परोपकारी कार्य प्रारम्भ गरेकोमा धन्यवाद दिएका थिए। कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्