संगीत महोत्सव दुर्घटनामा तिनसय घाइते



म्याड्रिड,(एजेन्सी)
स्पेनको एउटा शहरी खेलकुद तथा संगीत महोत्सवमा एउटा काठको मन्चको एक खण्ड अचानक ढल्दा ३ सयजना भन्दा बढि मानिस घाइते भएको र ति मध्ये ५ जनाको स्थिती चिन्ताजनक रहेको स्थानिय संचार माध्यमले सोमवार जनाएको छ ।

ग्यालिसियाको उत्तर पश्चिमी शहर भिगोमा आयोजित दुई दिने ओ मारिस्क्विनो कार्यक्रममा एजना ¥याप कलाकारको प्रस्तुति चलिरहेकोबला यो दुर्घटना भएको हो । स्पेनी प्रहरीले कोहि पनि हताहत नभएके दावी गरेको छ ।

प्रत्यक्षदर्शीहरुले सो दुर्घटना हुनासाथ अत्तालिएका मानिसहरुका ेभागदौड मच्चिएको तथा कोहि त जयान जोगाउन खोज्दा समुद«मा खसेको बताएका छन् । घाइते हुने मध्ये अधिकांश किशोर किशोरी रहेको बताइएको छ ।

घटनास्थलमा जताततै मोवाइ फोन र ह्यान्ड ब्याग छरिएको अवस्थामा रहेका छन् । तत्कालै आपतकालिन टोलिलाई घाइतेहरुको उद्धारका लागि खटाइएका थिए भने समुद«मा कोहि फसेका छन् कि भन्ने यकिन गर्न गोताखोरहरु पनि परिचालित गरिएका छन् ।

आइतवार मध्यराति भिडले म्याजोर्कान ¥याप कलाकार रेल्स बिको प्रस्तुति हेरिरहेकोबेला यो दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्