मध्यरातको ‘चियर्स’



टेलिभिजनमा देखिने अनुहार सबैका लागि प्रिय हुँदैनन्, हुनैपर्छ भन्ने पनि छैन । कार्यक्रम प्रस्तुत गर्ने शैली, तार्किक क्षमता, शारिरिक हाउभाऊ जस्ता कुराले टेलिभिजनकर्मी कसैका प्रिय बन्न सक्छन् भने कसैका लागि सामान्य पात्र । केही समययता लामिछाने थरका एक टेलिभिजनकर्मी नेपाली दर्शकका प्रिय पात्र बनेका छन् ।

उनी ह्याण्डसम भएर मात्रै प्रिय बनेका भने होइनन् । धेरैका प्रिय पात्र लामिछाने आफूले आफैंलाई चिन्न छोडेको र रात्रीकालिन जिवनमा विन्दास बन्ने गरेको धरहराले देख्न थाल्या छ । सहरमा दारुपानी धेरैले खान्छन्, तर उनको शैली पृथक छ । एक्कै, एकान्त र गुपचुप शैलीमा होइन, विशेष पार्टनरसँग खुलेआम दारुपानी सेयर गर्न रुचाउँछन् ।

केही दिन अघि मात्रै काठमाडौंको मध्य भेगको नक्सालस्थित एक होटलमा मध्यरात २ बजे आसपासको समयमा वियर चिर्यस गर्दै थिए लामिछाने । साथमा थिइन् पौडेल थरकी सञ्चार उद्यमी एवं मिडिया नेतृ । ह्याण्डिलवाला वियरग्लास दुवैले चियर्स गर्दा होटल कर्मचारी मात्रै होइन, आसपासका छिमेकी समेत झस्किएका थिए ।

चियर्स यस्तो सशक्त भयो कि, वियर मात्रै पोखिएन दुवैले एक आपसमा ठोकाएका ग्लास पनि धुजा–धुजा भएको देख्दा धरहरा स्तब्ध भयो । धरहराले धेरै महत्वपूर्ण जमझटको दारुपार्टी देखेकै हो । तर लामिछाने र पौडेल शैली देख्दा लाग्योे दारु कला बुझ्न अझै बाँकी रहेछ ।

प्रतिक्रिया दिनुहोस्