रसिया: पर्वतारोही वेपत्ता



मस्को,(एजेन्सी)
ताजिकिस्तानको पहाडी इलाकामा एउटा हेलिकोप्टर अस्वाभाविक ढंगले अवतरण गरिन पुग्दा त्यसमा सवार १३ जना पर्वतारोही र चालक दलका ३ जना सदस्य हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । स्थानिय समय अनुसार आइतवार साँझ साढे पाँच बजे सो दुर्घटना भएको हो ।

रुसी समाचार निकायहरुले सो हेलिकोप्टरले इस्मोइली सामोनी टाकुराको फोर्टाम्बेक हिमखण्डबाट पर्वतारोहीहरुलाई आधार शिविर तर्फ लाँदै गरेको जनाएका छन् । अधिकांश पर्वतारोही रुसी नागरिक रहेको बताइएको छ । इस्मोइली सोमोनी पहाड ७ हजार ४ सय ९५ मिटर अग्लो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्