महिला समावेश भएका मुद्दा ७० प्रतिशत बढी



महेश न्यौपाने, रोल्पा
रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्धा मध्ये ७० प्रतिशत वढी मुद्धामा महिला समावेश भएकोे देखिएको छ । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका २१२ मुद्धा मध्ये १५२ मुद्धामा महिला समावेश भएको देखिएको हो ।

संवन्ध विच्छेद, अंश, वहुविवाह तथा जवरजस्ती करणी जस्ता मुद्धामा महिला पिडित हुने भएकाले महिला समावेश भएका मुद्धाहरु वढि देखिने गरेको वताइएको छ । लैंगिक हिंसा तथा घरेलु हिंसा जस्ता प्रायःजसो हिंसाका घटनामा पनि महिला नै पिडित हुने भएकाले अदालतमा न्याय माग्न आउने पनि महिला नै हुन्छन जिल्ला अदालतका न्यायधिश वासुदेवलाल श्रेष्ठले भने । समाजका अधिकांश घटनाको पिडक पुरुष र पिडित महिला हुने भएकाले त्यसको प्रभाव अदालत सम्म देखिने गरेको वताईन्छ ।

अदालतवाट अन्य मुद्धाको तुलनामा महिला र वालवालिका समावेश भएका मुद्धा छिटो छरितो फैसला हुने देखिएको छ । अघिल्लो वर्ष फैसला हुन वाँकी ४४ मुद्धा समेत १९६ मुद्धा मध्ये १४४ मुद्धा गत वर्ष फैसला गरेको अदालतले जनाएको छ । विविध कारणवस फैसला हुन नसकेका ५२ मुद्धा यस वर्षका लागी सरेको जिल्ला न्यायधिश श्रेष्ठले जानकारी दिए । महिला तथा वालवालिका समावेश भएका मुद्धा फैसलालाई प्राथमिकतामा राख्ने गरेको अदालतले जानकारी दिएको छ ।

महिला समावेश भएका मुद्धामा निशुल्क कानूनी सेवा समेत उपलव्ध हुने गरेको वताइएको छ । सहजताका साथ न्यायमा पहुँच पु¥याउनका लागि महिला समावेश भएका मुद्धालाई प्राथमिकता दिई फैसला हुदै आएको मेलमिलापकर्ता तीर्था आचार्यले वताईन । मेल मिलापमा समेत यस्ता मुद्धालाई प्राथमिकता दिन्छौ आचार्यले भनिन । अदालतको पछिल्लो प्रयासले महिलाहरुलाई न्यायको ढोका सम्म आउन सहज हुनुको साथै अदालत प्रतिको विश्वास समेत वढ्दै गएको आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्