पर्यटक जलगैंडाको शिकार



नैरोबी,(एजेन्सी)
केन्यामा एउटा जलगैंडाको तस्वीर खिँच्न खोजिरहेका एकजना ताइवानी पर्यटकलाई सोही गैंडाले टोेकेर ज्यान लिएको सोमवार प्रहरीले जनाएको छ । राजधानी नैरोबी देखि करिव ९० किलोमिटर उत्तरमा पर्ने लेक नाइभासा स्थित एउटा बन्यजन्तु निकुनजमा ति जलगैडाले ६६ वर्षिय पर्यटक चाँग मिंग चुआँगको छातीमा टोकेको सो निकुन्जका कर्मचारीहरुले स्थानिय संचार माध्यमलाई जानकारी दिएका छन् ।

ताइवानकै अर्का एक पर्यटक यस दुर्घटनामा घाइते भएका छन् । यसैवर्ष मात्र सोही क्षेत्रमा जलगैंडाको आक्रमणमा छ जना मानिसको जयन गइसकेको छ ।

संसारकै सबैभन्दा खतरनाक र भिमकाय स्थल स्तनधारी जलगैंडा यस निकुन्जमा जताततै पाइने गरेको छ । घाइते ताइवानीलाई रगताम्य हालतमा तत्कालै अस्पताल पु¥याइए पनि ज्यान जोगाउन नसकिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्