पाकिस्तान: ३० भारतिय कैदी रिहा



चंडीगढ (एजेन्सी)
पाकिस्तानले सोमबार स्वतन्त्रता दिवस अगाडी सदभावनाका अनुसार २७ माझी सहित ३० भारतिय कैदी रिहा गरेको छ । पाकिस्तान विदेश मन्त्रालयले एक विज्ञप्तीमा भने– यो अगस्ट १४ मा देशको स्वतन्त्रता दिवशको उपलक्ष्यमा एक मानविय पहल हो ।

सबै रिहा भारतिय अटारी–वाघा सीमाबाट भारतमा प्रवेश गरेका छन् । मानविय मुद्दालाई राजनितिकरण नगर्ने पाकिस्तानको निति रहँदै आएको मन्त्रालयका प्रवक्ताले बताए । भारतिय पक्षले पनि यसरी नै कैदी छोड्ने अपक्ष लिएको उनले बताए । उनीहरु माछा मार्ने क्रममा पाकिस्तानी जलक्षेत्रमा प्रवेश गरेपछि गिरफ्तार गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्