इन्डोनेसिया: एकमात्र जीवित



जाकार्ता (एजेन्सी)
इन्डोनेसियामा दुर्घटनाग्रष्त भएको एक विमानको भग्नावशेषमा १२ बर्षका एक बेटा जीवित फेला परेको छ । उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । विमानको भग्नावशेष पपुआ न्युगिनीको सीमा नजिकको पहाडमा फेला परेको हो ।

घटनास्थलको तस्वीरमा उक्त केटा होसमा रहेको र क्यामरामा हेरिरहेको देखिन्थे । स्विजरल्यान्डमा बनेको उक्त पिलाटस विमान शनिबार अपरान्ह एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्क विच्छेद भएको थियो । आइतबार विहानमात्र विमानको भग्नावशेष फेला परेको हो । निजी चार्ट कम्पनीको उक्त विमानमा चालक दलका दुई सदस्य सहित ९ जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्