पिपिएल कार्तिक दोस्रो साता देखि



विजय नेपाली, पोखरा
क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा यहि कार्तिक ९ गते बाट पोखरा प्रिमियर लिग (पिपिएल) टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

यसका लागि पोखरा रंगशालामा क्रीकेट मैदानको निर्माण कार्य तिव्र गतिमा भइ राखेको छ । “पोखरा क्रीकेट मैदानलाइ अन्तर्रा्ष्ट्रिय स्तरको बनाएर पिपिएल गर्नु हाम्रो लक्ष्य हो,यसका लागि महत्वपुर्ण मानिएको मैदान निर्माण कार्य तिव्र गतिमा गरिरहेका छौं ।“ क्विन्स इभेन्टस म्यानेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिदै लामाले “फ्रेन्चाइज बेस“ मा पिपिएल गराउदै पोखरालाइ क्रीकेट मार्फत अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउदै क्रीकेटको विकास गर्ने लक्ष्य रहेको बताए ।

यसैगरी पत्रकार सम्मेलनमा नेपाली कप्तान पारस खड्काले बताए—“५ वर्षमा नै नेपाललाई एक दिवशिय मान्यता दिलाउन सफल भयौं त्यसरीनै आगामी दश वर्षमा नेपालललाई टेष्ट क्रिकेट मान्यता पाउने गरि पिपिएलले थप उर्जा थप्ने विश्वास छ ।”

पिपिएलमा पोखरा, काठमाडौं, विराटनगर, वुटवल, धनगढी र नेपालगंज गरि ६ टिमको सहभागिता रहने छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड भन्दा वढी खर्च हुने छ । प्रतियोगिता हेर्न आउने दर्शकको लागि करिब ४ हजार दर्शक अट्ने प्यारापिटको समेत निर्माण गरिने छ ।

प्रतियोगितामा प्रत्येक टिमले दुई जना स्थानिय र दुई जना विदेशी खेलाडी अनिवार्य रुपमा समावेश गराउनुपर्ने आयोजक संस्थाका प्रवन्ध निर्देशक लामाले बताए । पिपिएल कार्तिक ९ गते देखि २० गते सम्म चल्ने छ

प्रतिक्रिया दिनुहोस्