डिएभीद्वारा फुटसल आयोजना हुने



काठमाडौं, (नेस)
डीएभी. कलेज, बिबिए चौथो सेमेष्टरका विद्यार्थी र स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट क्लबद्वारा भव्य रुपमा इन्ट्रा कलेज दोस्रो शंकरलाल केडिया मेमोरियल फुट्सल कप–२०१८ आयोजित गर्ने भएको छ ।

डीएभीका कक्षा १२, आई.टी. र स्नातक तहका बि.बि.ए., बि.बि.एस. र बि.एस.सी. का छात्र÷छात्राहरुको सहभागी हुने जनाइएको छ । कार्यक्रमका आकार्षणमा फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, हाफ टाइम मनोरञ्जन आदिले दर्शकदिर्घाहरुलाई मनोरञ्जित ढङ्गले संलग्न गराउनुको साथै टुर्नामेन्टका विजेताहरुलाई नगद पुरस्कार फाइनलका दिन प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्