सिटीसँग आर्सेनल हा¥यो



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग आर्सेनल पराजित भएको छ ।
आइतबार राति भएको प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा सिटीले आर्सेनललाई २–० गोलले हराएको हो । आर्सेनलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र बनार्डो सिल्भाले गोल गरेका थिए ।

सिटीले खेलको १४ औं मिनेटमा अग्रता बनाएको थियो । स्टर्लिङले आकर्षक गोल गर्दै सिटीलाई पहिलो हाफसम्म १–० ले अग्रता दिलाएका थिए ।

आर्सेनल खेल अवधिभर गोलका केही उत्कृष्ट अवसरमा चुक्दा सिटीका लागि दोस्रो गोल ६४ औं मिनेटमा बनार्डो सिल्भाले गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र सिटीले २–० जित निकाल्न सफल बन्यो ।

जितसँगै सिटीले ३ अंक जोडेको छ । आर्सेनलका प्रशिक्षक युनाई इम्रीको प्रिमियर लिगमा डेब्यू सुखद् हुन सकेन । आर्सेन वेन्गरले अवकाश लिएपछि यसै सिजनदेखि उनले आर्सेनल सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्