वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं, (नेस)
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, दीर्घायु गुरु हस्पिटल एन्ड रिर्सच सेन्टर, चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई १०० जना विभिन्न स्वयंमसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनलाई निःशुल्क स्वस्थ्यपरीक्षण समेत गरिएको छ ।

उक्त स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करिब २५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्