बायर्न जर्मन सुपरकप च्याम्पियन



लन्डन, (एजेन्सी)
पोल्याण्डका स्टार रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलको मद्धतमा बायर्न म्युनिख जर्मन सुपरकप च्याम्पियन बनेको छ ।

म्युनिखले इन्ट्राच्ट फ्राङ्कफर्टलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै जर्मन सुपकप च्याम्पियन बन्न सफल भएको हो । आइतबार राति भएको उक्त खेलमा म्युनिखलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा किङ्स्ले कोमान र थियागो अलकान्तारले समान एक–एक गोल गरेका थिए । एकपक्षीय बनेको खेलमा बायर्नले २१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमार्फत गोको खाता खोलेका थिए । खेलको २६औं मिनेटमा रोबर्टले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न पहिलो हाफसम्म २–० ले अघि रहेको थियो ।

यस्तै खेलको ५४औं मिनेटमा रोबर्टले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै किङ्स्ले कोमानले ६३औं मिनेटमा बायर्नको गोलसंख्या चार पु¥याएको थियो । यस्तै खेलको ८५ औं मिनेटमा थियागो अलकान्ताराले पाँचौ गोल गर्दै बायर्नलाई जर्मन सुपरकप च्याम्पियन बनाए ।

प्रतिक्रिया दिनुहोस्