पहिरोले थुनिँदै बूढीगंगा नदी



दयाराम पण्डित, बाजुरा
बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदी थुनिने खतरा बढेको छ । लगातार बर्षातका कारणले त्रिबेणी नगरपालिका ९ पैंमागाँउ तल बाट पहिरा झर्न शुरु भएपछि नदी थुनिने खतरामा बडेको हो ।

बडिमालिका नगरपालिका–९ खारगड खोलामा बाढी आउँदा ३ जना स्थानीय पार गर्न नसकी थुनिँदा मार्तडीस्थित नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा उनीहरुलाई उद्धार गरिएको गुल्मपति विष्णु सापकोटाले बताउनुभएको छ ।

एक हप्ता देखि लगातार पहिरो बग्न थाले पछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानीय भानुभक्त पाध्यायले वताउनुभयो । नदीको दुईतिहाई भाग थुनिएको एक भाँगबाट मात्र बग्न शुरु रहेको स्थानीयले वताए । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको छ । नदी थुनिने जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा राख्नु पर्ने माग स्थानीयले गरेका छन र स्थानीयलाई समेत सचेत गराइएको जिल्लाका सुरक्षा अधिकारीहरुले वताएका छन् ।

पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानीय नविन थापाले वताएका छन् । नदि थुनिने खतरा सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् । नदि थुनिने खतरा सँगै अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायका अनुसार अछाम बाट शसस्त्र प्रहरीको डिएपिको नेतृत्वमा स्थलमा पुगेर वास्तबिक अध्ययन गरेर आएको वताए । नदि जतिबेला पनि थुनिने सक्ने भएकाले स्थानिय २ जनालाई नियमित सम्पर्कमा राखेको उनले वताएका छन् ।

बिगत एक पांच वर्ष यता पैंमा गाउा तल पहिरो जानथाले पछि जोखिम वड्दै गएको स्थानीय भानुुभक्त पाध्यायले बताउनुुभयो ।
नदि थुनिने खतरा सँगै त्यहाँ नजिक आवतजावत बन्द गरिएको छ भने झुलंगे पुलमा समेत आवतजावत बन्द गरिएको छ । द्धवारी बाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको त्रिबेणी नगरपालिका नगरप्रमुख राम सिं रावलले वताएका छन् । नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् ।

सम्पर्कविहीन गुम्बा गाउँ

यसैबीच लगातारको अविरल बर्षाले बाजुराको सर्वाधिक विकट गाँउ गुम्वा सम्पर्क विहिन बनेको छ । हिमाली गाँउ पालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाँउमा आवत जावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाँउनै अन्य समुदाय सँग सम्पर्क विहिन रहेको छ । अर्को त्यहाँ कुनै सञ्चार सेवा समेत छैन् ।
सदरमुकाम मार्तडी बाट ४५ कोष टाढा अर्थात पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्वा गाँउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको स्थानिय छिरिङ धोर्चे लामाले वताए ।

गुम्वा गाँउमा २५ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन् । त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचना बाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताएका छन् । बर्षाद शुरु भएदेखीनै गाँउका कुनै पनि सम्पर्क नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले वताए ।

प्रतिक्रिया दिनुहोस्