राष्ट्रब्यापी खुल्ला रक्तदान सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं । यूराशिया रेयूकाई नेपालको आयोजनामा राष्ट्रव्यापी खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

यूराशिया रेयूकाई नेपालको मुख्यालय सानेपामा आयोजित राष्ट्रव्यापी खुल्ला रक्तदान कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले रक्तदान गर्नुभई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि यादवले समाजविकासमा यूराशिया रेयूकाई नेपालको भूमिका सह्रानीय रहेको कुरा व्यतक्तगर्नु भयो ।

समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले यूराशिया रेयूकाई नेपाल विगत ४२ वर्ष देखी समाज विकासमा निरन्तर क्रियाशिल रहेको कुरा व्यक्तगर्नु हुदै राष्ट्रव्यापी खुल्ला रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी कन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णीकारले रक्तदानको महत्व माथी प्रकाश पार्दै सहभागीहरुलाई उत्साह प्रदान गर्नुभयो ।

समारोका सभापती एवं यूराशिया रेयूकाई नेपालका अध्यक्ष दीपक गजुरेलले अतिथिहरुलाई संस्थाको तर्फवाट मायाको चिनो प्रदान गर्नु हूदै देशका १३ स्थानमा सम्पन्न बृहत रक्तदान कार्यक्रमबाट ४ सय ६५ पिन्ट रगत संकलन भएको कुरा जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्