अफगानिस्तान: खाद्यान्न अभाब



कावुल,(एजेन्सी)
सरकारी फौज र तालिवान लडाकुबिचको भिडन्त चौंथो दिनमा पुग्दा अफगान शहर घाज्नीमा खाद्यान्न आपुर्ति कम हुँदै गइरहेको संयुक्त राष्ट्र सघले सोमवार जनाएको छ । आइतवार सो क्षेत्रबाट भाग्न सफल एकजना व्यक्तिले खाना र पानीको अभाबको कारण जनताको दिनचर्या निकै कठिन भइरहेको वीवीसीलाई जानकारी गराएका छन् ।

शुक्रवार बिहान सवेरै देखि तालिवानले घाज्नीलाई चौतर्फी आक्रमण गर्दा एक सय जना भन्दा बढि सरकारी सेना र प्रहरी मारिएका छन् । यो शहर राजधानी कावुल र कान्दहारबिचको प्रमुख राजमार्गमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्