साफ यू–१५ महिला फूटबलः नेपाल सेमिफाइलमा



काठमाडौँ ।
भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ ।

बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।

भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय ९४६औँ मिनेट०मा तोहुरा खातुनले गोल गरिन् ।

त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो ।

हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ भने दुवै खेल जितेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो ।

त्यस्तै समूह ‘ए’ बाट भारत र भुटान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइलनमा नेपालले आगामी सोमबार भारतको सामना गर्नेछ भने भूटानले बंगलादेशको सामना गर्नेछ ।

प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।

कलाकार भेट्रानको विजयी शुरुआत

कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फूटबल प्रतियोगितामा आज विजयी शुरुआत गरेको छ ।

चाबहिल स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरे ।

एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा बनेपाले टुसाललाई ४–१ गोलले हरायो । बनेपाका विक्रम श्रेष्ठले दुई तथा प्रदीप धगौडा र अनिश श्रेष्ठले १–१ गोल गरे । विक्रम ‘म्यान अफ द म्याच’ चुनिए । टुसालका प्रज्ज्वल गुरुङले सान्त्वना गोल गरे । विजेता दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भदौ २ गतेसम्म हुने नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् । विजेताले रु एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

यसअघि प्रतियोगिताको प्रतिनिधिसभाका सांसद गगन थापाले उद्घाटन गर्नुभएको थियो ।

अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको तयारी

काठमाडौँ, २८ साउन ९रासस० ः सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।

सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं। १ को इटहरी, प्रदेश नं। २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं। ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ । रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसकेको जनाएको छ ।

यस वर्ष जग्गाको पहिचान गर्ने र अर्को वर्षदेखि निर्माण शुरु गरिने कार्यप्रगतिमा उल्लेख छ । त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्