स्कूल बस दुर्घटना हुँदा चौधजना बिद्यार्थी घाईते



इलाम ।
इलाम नगरपालिका १ साँखेजुङमा बिद्यार्थी बोकेको स्कूल बस सोमबार बिहान ९ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी चौधजना बिद्यार्थी घाईते भएका छन् । आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस बिद्यार्थी बोकेर बिद्यालयतर्फ जाने क्रममा रक्सेमा दुर्घटनामा परेको हो । बिपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा सडकबाट करीब १५÷२० मिटर तल बस पल्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा परी ३ देखी १४ बर्ष उमेर समूहका बिद्यार्थी रहेका छन् ।

केहि घाईते बिद्यार्थीको इलाम अस्पतालमा उपचार भइरहेको छ । ११ जना बिद्यार्थीको भने इलाम अस्पतालमा सामान्य उपचार पछि सघन उपचारका लागि झापाको बि एण्ड सि हस्पिटल पठाइएको इलाम अस्पतालले जनाएको छ । घाईते बिद्यार्थीको टाउँको, जिउ र खुट्टामा चोट लागेको वताइएको छ । दुर्घटना पछि बस चालक देउमाई नगरपालिका १ का ३८ बर्षिय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम अस्पतालमा उपचार गराइरहेका बिद्यार्थीको अभिभावक र आफन्तले अस्पतालमा भिड बढेको छ । बसमा २६ जना बिद्यार्थी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्