एक पादरीका कारण घुँडा टेकाउने प्रयास भइरहेको छ ः अर्दोगान



टर्की, (एजेन्सी)
टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले अमेरिकी एक पादरीका कारण टर्कीलाई घुँडा टेकाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

अमेरिका उन्ड्रयु ब्रसु नामका पादरीको रिहाइको माग गरिरहेको छ। उनी दुई वर्षदेखि टर्कीको हिरासतमा रहेका छन्। टर्कीले सन् २०१६ को असफल सत्ता विद्रोहका षड्यन्त्रकारीसँग सम्पर्क भएको आरोपमा उनलाई पक्राउ गरेको थियो।

अमेरिकाले शुक्रबार स्टिल र एल्युमिनियममा आयात कर बढाएर दुईगुणा पारेको छ। दुई देशको यस कुटनीतिक लँडाइले टर्कीको मुद्रा लिरा अमेरिकी डलरको तुलनामा १६ प्रतिशतले गिरावट आइसकेको छ।

डोनाल्ड ट्रम्पले गत महिना पनि ट्विट गरी ब्रुसनको रिहाइ गर्न माग गरेका थिए। उनले भनेका थिए– ‘ब्रुसनजस्ता महान क्रिश्चियन, पारिवारिक तथा असल व्यक्तिलाई यति धेरै लामो समयदेखि पक्राउ गरिराखेका कारण अमेरिका टर्कीमाथि कडा प्रतिबन्ध लगाउनेछ। ब्रुसनजस्तो निर्दोष व्यक्तिलाई तत्काल रिहा गर्नुपर्छ।

यद्यपी ब्रुस अमेरिका र टर्की बीच बढ्दो तनावको एक मात्र कारण भने होइन । यसको पछाडी सिरियाका सम्बन्धमा टर्कीको निति र रुसको बढदो निकटता पनि प्रमुख कारक हो ।

राष्ट्रपति अदोगानले शनिबार एक र्यालाई सम्बोधनमा भने– एक पादरीका कारण टर्कीलाई धम्की दिएर झुकाउने प्रयास गर्नु गलत हो । लाज लाग्नु पर्ने हो, तपाई नेटो सहयोगीलाई एक पादरीका लागि धम्कि दिइरहनु भएको छ ।

त्यसको एक दिन अगाडी एर्दोगानले देशवासीहरुलाई आफनो घरमा राखि विदेशी मुद्रा र सुनलाइ लीरामा बदल्न भावुक अपिल गरेका थिए । उनले भने– यदि तपाई आफनो सिरानी मुनी डलर, युरो र सुन राख्नु भएको छ भने बैंक जानु र त्यसलाई लीरामा बदल्नुस । यो देशको लडाई हो र यसमा हामी एकजुट हुनु पर्छ ।

एर्दोगानले न्युयोर्क टाइम्समा आफनो लेखमा यदि अमेरिका आफनो रवैयामा परिवर्तन ल्याउँदैन भने टकीृ आफनो नयाँ मित्र र सहयोगी खोज्ने छ ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफनो एक ट्विटमा भने , टर्कीको मुद्रा लीरा अमेरिकी डलरको तुलनामा अत्यन्त कमजोर छ र हालैको स्थितिमा दुई देशबीचको सम्बन्ध राम्रो छैन ।

यसअघि उनले आल्मुनियम र स्टिलको सामानमा आयात शुल्क बढाइएको विषयमा ट्विट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्