पार्टीमा गोली चल्यो



लन्डन, (एजेन्सी)
वेलायतको म्यानचेष्टरको मोस साइड क्षेत्रमा आयोजित एक स्ट्रिट पार्टीमा गोली चल्दा दुईजना बालबालिका लगायत दस व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । स्थानिय समय अनुसार आइतवार बिहान साढे दुईबजे क्लेरमोन्ट रोडमा सो घटना हुनासाथ शसस्त्र प्रहरी परिचाल गरिएको थियो । प्रहरीले गोली लागेका नौजनाको स्थिती सामानय रहेको बताएका छन् । तर खुटामा चोट लागेका दशौं व्यक्तिको स्थिती भने गम्भीर रहेको बताइएको छ । उक्त पार्टीमा झण्डै १६ हजार व्यक्तिको उपस्थिती रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्