भारतको धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह



विनोद सिंह विष्ट, बैतडी ।
भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलबिद्युत परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाईका लागी भन्दै सोमवार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रसासन कार्यालय दार्चुलाले एक सुचना प्रकासित गरेर सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाधँबाट बढी मात्रामा पानी छोडिदा महाकालीमा बाढी आउँने खतरा हुने भएकोले नदी तटिय क्षेत्रका नागरीकलाइ पुर्ब सतर्कता अपनाउँन आग्रह गरिएको छ ।
बाधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएको कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुबै देशका स्थानिय प्रशासनले अनुरोध गरेका छन । दार्चुला सदरमुकाम सदरमुकामवासीलाई सबैभन्दा बढी सतर्क रहनुपर्छ ।
दार्चुलाको ब्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटिय क्षेत्रमा बसोबास गर्ने सबै स्थानियलाइ सुरक्षित भएर बस्न एबं पुर्ब सतर्कता अपनाउँन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
पछिल्लो समय बाधँ खोल्ने समयबारे जानकारी गराउनथालेपछि पुर्ब सतर्कता अपनाउन सजिलो भएको छ । केहि दिन पहिले दार्चुलामा सम्पन्न नेपाल भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाधँको पानी छाड्ने समयबारे जानकारी अर्थात सुचना आदानप्रदान गर्ने सहमति भएको थियो । यस बर्षमात्रै धौलीगंगाको बाँध ४ पटक खोलिएको छ । धौलीगंगा जलविद्युत परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । । यसअघि धौलीगंगा जलबिद्युत परियोजना छिरकिल्ला बाधँमा पानीको मात्रा अत्याधिक भएको कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए ।
वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्