नेकपा पर्वतको अध्यक्षका लागि आठ जनाको नाम सिफारिस



पर्वत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको अध्यक्ष पदका लागि आठ जना आकाँक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ ।
जिल्ला पार्टी समायोजन कार्यदलको आइतबार बसेको बैठकले सहमति जुटाउन नसकेपछि सबै आठ जनाको नाम नै प्रदेश समितिमा सिफारिस गरेको हो ।
नेकपा पर्वतको अध्यक्ष पदमा भक्त कुवँर, गोबिन्द पहाडी, मेघनाथ सुबेदी, गगनबहादुर थापा, सुदिप कुवँर, देबेन्द्रराज पाण्डेय, उदय सुबेदी र शान्त पौडेलको नाम सिफारिस भएको छ । अध्यक्षमा सिफारिस भएका मध्ये भक्त कुवँर, गोबिन्द पहाडी, मेघनाथ सुबेदी, देबेन्द्रराज पाण्डेय, उदय सुबेदी र शान्त पौडेल सवाकि एमालेका हुन भने साविक माओबादी केन्द्रबाट गगनकुमार थापा र सुदिप कुवँर रहेका छन ।
यसैगरि सचिब पदमा पनि आठ जना नै आकाँक्षीहरुको नाम सिफारिस गरिएका्े छ । सचिब पदमा केशब कुवँर, ढाकाराम गौतम, दिपक आचार्य, शिब पौडेल, शंकर गिरी, खुमप्रसाद सुबेदी, मनबहादुर पौडेल र ऋषिराम भुसालको नाम सिफारिस भएको छ । सचिब सिफारिसमा साविक माओबादी केन्द्रका तर्फबाट केशब कुवँर, ढाकाराम गौतम, दिपक आचार्य, शंकर गिरी, मनबहादुर पौडेल र ऋषिराम भुसाल तथा साविक एमालेबाट शिब पौडेल र खुमप्रसाद सुबेदीको नाम सिफारिस भएको छ ।
जिल्लाबाट नेतृत्व सर्वसम्मत रुपमा पठाउनका लागि धेरै चरणमा छलफल भएका थिए । आकाँक्षीहरुका बिचमा सहमति कायम नभएपछि केन्द्रको निर्देशन अनुसार नै सबैको नाम प्रदेश समितिमा पठाइएको जिल्ला पार्टी समायोजन कार्यदलका संयोजक तथा पार्टी केन्द्रिय सदस्य गुप्तबहादुर हमालले बताए । ‘सहमतिका लागि लामो प्रयास भएको हो, तर आकाँक्षीहरुका बिचमा सहमति नभएपछि सबैको नाम सिफारिस गरेका हौ’ उनले भने । केन्द्रले स्पष्ट रुपमा तल्लो तहमा नै सहमति कायम गर्नु भनेर निर्देशन नदिएका कारण पनि जिल्लामा सहमतिको प्रयास मात्रै गरिएको उनको भनाई थियो ।
समायोजन कार्यदलको बैठकले १ सय ३५ सदस्यीय कमिटी टुंगो लगाएको थियो । जिल्ला कमिटीमा साविकको नेकपा(एमाले)बाट ७२ जना र नेकपा माओबादी केन्द्रबाट ५८ जना सदस्य समायोजन गर्ने तथा ५ जना पछि मनोनित गर्ने गरि कमिटीको टुंगो लगाएको थियो । साविक एमालेबाट ५५ प्रतिशत र साविक माओबादी केन्द्रबाट ४५ सदस्य रहने गरि कमिटी टुंगो लगाएको छ । साविक एमालेको पुरानो कमिटी नै ७२ जनाको छ भने त्यसको ४५ प्रतिशत हुने गरि माओबादी केन्द्रका ५८ जना सदस्य कमिटीमा रहेका छन । बाँकी ५ जना सदस्यहरु भने सहमतिका आधारमा टुंगो लगाइने कार्यदलका सदस्य गोबिन्द पहाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्