अवैध रेडपाण्डाको छाला सहित पक्राउ



काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको प्रहरी टोलीले शनिबार दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङ्ग याङवाराङ(१ का २७ बर्षीय आशिक राई, काठमाडौं जरंखु बस्ने ओखलढुङ्गा मलुङ्ग(८ का ३१ बर्षीय सन्तोष राई, काठमाडौं कपन बस्ने ओखलढुङ्गा खोलुङ्ग गाउँपालिका(१ का २३ बर्षीय रमेश पौडेल, काठमाडौं जोरपाटी बस्ने खोटाङ केबिलाश गढी (४ का २१ बर्षीय मिलन गुरुङ र पाँचथर हिलेयाङ्ग(४ का ३८ बर्षीय जनककुमार चाम्लिङ्ग रहेका छन् ।
उनीहरुलाई काठमाडौं नागर्जुन नगरपालिका ८ नेपालटारमा एकै ठाँउमा शंकास्पद अवस्थामा बसी रहेको अवस्थामा फेला पारी जाँच गर्दा जनककुमारले हातमा बोकेको झोलामा दुर्लभ बन्यजन्तु रेड पान्डाको रौं समेत भएको छाला लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्