बुटवलमा बस विसौनी भन्दा अलग स्थानमा यात्रु चढाउन र झार्न नपाईने



यमलाल भुसाल, बुटवल ।
शहरलाई कुरुप बनाउने गरी सडक किनारामा सवारी साधन रोक्नेलाई नियन्त्रण गर्न र दुर्घटना न्यूनिकरण गर्न प्रदेश नम्बर ५ को राजधानी बुटवलमा सडक किनारामा बस विसौनीको स्थान तय गरि लागु गरिएको छ ।
अव बुटवलमा बस विसौनी भन्दा अलग स्थानमा यात्रु चढाउन र झार्न नपाईने भएको छ । यसले गर्दा सवारी चलाउने र पैदल हिडनेहरुलाई पनि केही सहज हुने विश्वास अप्रेक्षा गरिएको छ ।
प्रदेश ५ को ट्राफिक प्रहरीले आईतवार बुटवलको गोलपार्कवाट बस विसौनीको शुभारम्भ गरेको छ ।
प्रदेश ५ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले उक्त अभियानको शुभारम्भ गदै सिटी एरियामा जथाभावी बस नरोक्न ,तोकिएको स्थानमा मात्र यात्रु चढाउन र झार्नका लागि बस विसौनी तय गरिएको बताउनुभयो ।
बुटवलको गोलपार्कदेखि राजमार्ग चौराहा हुदै तिनाउ पुलसम्मको साढे ३ किलोमिटरको क्षेत्रमा दुवै साईड गरी २९ स्थानमा बस विसौनीको स्थान पहिचान गरी सोही अनुरुप व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक चन्दले बताउनु भयो ।
यात्रुको चाँपलाई ध्यानमा राखेर बस विसौनीको स्थान तय गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले तय गरेको बस विसौनी भन्दा अलग स्थानमा बस रोकेर यात्रु चढाउने वा झार्ने गरेको पाईएमा कारवाही गरिने बताएको छ ।
हाललाई प्रदेश ५ को राजधानी रहेको बुटवलमा शुरु गरिएको बस विसौनी क्रमशः प्रदेशका अन्य शहर हुदै प्रमुख सडकहरुमा विस्तार गरिने प्रहरीले जनाएको छ । यस अघि २०६३ सालमा ततकालिन ट्राफिक प्रहरी प्रमुख पवन गिरीका पालामा पनि यस क्षेत्रमा यस्तै बस विसौनी स्थानको तय गर्नु भएकोमा सडक विस्तार संगै ति स्थान हराएका थिए ।त्यसको १२ वर्ष पछि पुनः यो अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्