डोटीमा भालुको आक्रमण बाट एक महिला गम्भिर घाइते



विमल विष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका ७ लेक पाँकरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । आइतबार बिहान भालुको आक्रमण बाट पाँकरी ७ लेक गाउकी २२ बर्षीया हिरा बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय हिक्मत बिष्टले जानकारी दिनु भयो ।

घाइते महिलाको जिल्ला अस्पताल सिलगढी डोटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनु भयो । घाईते महिलाको टाउको,मुख र घाटीमा चोट लागेको छ । डोटीमा बर्षेनी जंगली भालुको आक्रमण बाट दजर्नौ स्थानियहरु घाईते हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्