डोटीमा करेन्ट लागेर एकको ज्यान गयो



विमल विष्ट, डोटी ।
डोटीको बोगटान गाउपालिका ४ सात्फरि स्थित जजला गाउमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा जजला गाउका ५६ बर्षिय खडकसिंह बम रहेका छन् । गाउ नजिकैको बाटोमा लत्रिएको बिद्युत तार छुदा उहाँलाई करेन्ट लागेको स्थानिय खडक बोहराले बताउनु भयो । करेन्ट लागेर ज्यान गुमाएका बमको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याउदै गरेको प्रहरीले जनाएको छ । गएको दुई महिनाको अबधिमा डोटीमा करेन्ट लागेर ६ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्