‘घुम्न जाऊँ नेपाल’ भन्दै मकवानपुरे टोली इजिप्टमा



हेटौंडा ।
नेपाल सरकारले लिएको घोषण गरेको पर्यटन वर्ष–२०२० अभियानलाई सहयोग गर्दै मकवानपुरे व्यवसायी टोली जोडर्न र इजिप्ट पुगेको छ ।
साउन २० गते भ्रमणमा गएको मकवानपुर उद्योग वाणिज्य संघको टोली जोडर्न र इजिप्ट भ्रमणसँगै सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने सरकारी अभियानलाई सहयोग पु¥याएको छ ।
१० दिन भ्रमणका क्रममा मकवानपुरे टोली ३ दिन जोडर्नका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण र नेपाल भ्रमणको निम्तो दिँदै इजिप्टका विभिन्न शहरमा छ । भ्रमणमा नेपालको साँस्कृतिक तथा पर्यटकीय क्षेत्र झल्कने ब्यानरसमेत प्रदर्शन गरिएको छ ।
टोलीले २१ र २२ गते जोडर्नको राजधानी अम्मानको डेड सी (मृतसमुद्र) र विश्व सम्पदा सूचीमा समावेश भएको पेट्रा सिटी अवलोकन गरेको छ । करिब ५ सय वर्ष पुरानो साँस्कृतिक सम्पदाले भरिपूर्ण र जोडर्नका प्रमुख पर्यटकीयस्थल पेट्रा सिटी तत्कालीन नावातियन साम्राज्यको राजधानी हो । १०६ ईश्वीमा उक्त राजधानी रोमन साम्राज्यमा परिणत भएको इतिहास छ ।

ब्यापार/ब्यवसायको प्रमुख केन्द्रका रुपमा रहेको पेट्रा छैटौं शताब्दीसम्म मुस्लिम समुदायको अधिनमा रहे पनि ११८९ ईश्वीको मध्यतिर सुल्तान सलाद्धिनले पेट्रा सिटी विजयपश्चात् इसाईको कब्जामा आएको हो ।
३ दिन जोडर्न भ्रमण सकेर मकवानपुर उद्योग वाणिज्य संघको ३५ सदस्यीय टोली साउन २३ गते इजिप्ट पुगेको छ । टोलीले इजिप्टका प्रमुख पर्यटकीयस्थल पिरामिड अवलोकन गरेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । अधिकांश मरुभूमि क्षेत्र रहेको जोडर्न र इजिप्टमा मुख्य खेती जैतुन, खजुरलगायत तरकारी खेती प्रमुख छ ।

सन् २०१८ देखि अभियान सुरु गर्ने र सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तय भएको छ । सन् २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधिलाई लम्बाएर १५ दिन पु¥याउने र प्रतिपर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिइएको छ ।
सन् २०२० मा नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । हाल उक्त योगदान २ प्रतिशतमात्र छ । विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । नेपाल भ्रमण वर्षको नारा ‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ तय गरिएको छ । सरकारले कार्यान्वयनमा ल्याएको १० वर्षे पर्यटन रणनीतिअन्तर्गत् भ्रमण वर्ष मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्