नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन



नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन भएको छ। नायपालको लण्डनस्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ।

सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार विजेता नायपालले ३० भन्दा बढी पुस्तकहरू प्रकाशनमा ल्याएका छन्। उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन्। नायपालले सन् १९७१ मा बुकर प्राइज पाएका थिए।

त्रिनिडाडमा सन् १९३२ मा जन्मिएका उनले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्