अधिकांश मध्यम वर्गिय वेलायती कोकिनको लतमा 



लन्डन,(एजेन्सी)

प्रहरी र राजनीतिज्ञहरुले कोकिन प्रयोग गर्ने ‘ मध्यम वर्ग ’ लाई अपराध बढाइरहेको आरोप लगाउने गरेका छन् । तर वास्तवमा कसले ड्रग प्रयोग गर्छन् ? तर वेलायतका एक्जना वरिष्ठ प्रहरी अधिकारी बताउँछन् , ‘ स्वतन्त्र व्यापार र पृथ्वी तातिँदै गएको समस्याबाट निकै चिन्तित मध्यम वर्ग अलिकति कोकिन सेवन गर्दैमा खासै केहि नबिग्रिने ठान्दछन् । ’ महानगर पालिकाका प्रहरी आयुक्त क्रेस्सिडा डिकको यो भनाई लन्डनका मेयर सादिक खानको विचारसंग मेल खान्छ , ‘ लन्डनका केहि वासिन्दा मध्यम वर्गिय पार्टीहरुमा हल्का कोकिन सेवन गर्नुलाई अपराधै ठान्दैनन् । ’

 

सोचनिय कुरा के छ भने ति कोकिन प्रयोगकर्ताहरुले ड्रग र वेलायतमा बढ्दो हिंसात्मक अपराध को सम्बन्ध र कोकिन उत्पादन गर्ने राष्ट्रको वातावरणिय र सामाजिक समस्याबारे कहिल्यै विचार गरेको देखिन्न । वास्तवमा मध्यम वर्गका सदस्यहरुले कोकनि प्रयोग गर्ने संभावना धेरै देखिएको छ भने वेलायतको समाजका अन्य भागमा पनि यो विसंगति फैलिएको छ ।

 

विगत पाँच वर्षमा इंगल्यान्ड र वेल्समा कोकिन सेवन गर्नेको संख्या स्थिर रहेको छ । सन् २०१७ र २०१८ मा इंगल्यान्ड र वेल्सका लागि गृह मन्त्रालयबाट गरिएको अपराध सर्भेक्षण अनुसार १६ देखि ५० उमेर समुहका २ दशमलव ६ प्रतिशत मानिसले अर्थात करिव ८ लाख ७५ रहेको छ ।सन् २०१३ र २०१४ को तुलनामा पाउडर कोकिन सेवन गर्ने यस संख्यामा २ दशमलव ४ प्रतिशतले वृद्धि भएको हो ।

 

तर अझै बिद्यार्थी , वन्दि र घरवारविहिन माझ हुनेगरेको कोकिनको दुरुपयोगलाई त्यति ख्याल गरिएको छैन । सर्भेक्षण अनुसार पाउडर कोकिन क्र्याक कोकिन भन्दा बढि प्रयोग गरिएको पाइएको छ ।

 

क्र्याक कोकिन कूल जनसंख्याको ० दशमलव १ प्रतिशतले प्रयो गर्ने गरेको छ । गाजा भने पाउडर कोकिन भन्दा अगाडि रहेको छ । ७ दशमलव २ प्रतिशत वेलायतीले गाजा प्रयोग गर्ने गरेका छन् ।

 

तर सम्पुर्ण उमेर समुहमा कोकिन धेरै पटक प्रयोग भएको पाइन्न । करिव प्रचास प्रतिशतले वर्षको एक वा दुई पटक र १३ प्रतिशतले महिनाको एक पटक भन्दा बढि कोकिन प्रयोग गरेको पाइएको छ । तर कलिला उमेरका व्यक्तिहरुमा भने कोकिन प्रयोगको कुलत ह्वात्तै बढेको छ ।

 

गत वर्ष १६ देखि २४ वर्ष उमेर समुहका दुव्र्यसनीको संख्यामा छ प्रतिशतले वृद्धि भएको छ  । त्यसै गरी छुटीको समय घरम ैबसेर रमाइलो गनेहरु भन्दा नाइट क्लबमा जानेहरुले बढि मात्रामा कोकिन प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्