दक्षिण कोरियामा स्पाइ क्यामराको महामारी



सोल,(एजेन्सी)
वीवीसीका पत्रकार लाउरा बिकरले दक्षिण कोरियामा आफुले पहिलो पटक स्पाइ क्यामराबारे सुन्दाको अनुभव यसरी सुनाउँछिन् , ‘ त्यतिबेला म सोलमा भर्खर मात्र आइपुगेको थिएँ ।

एकजना साथीसंग बाइकमा बसेर हान नदी किनारबाट गइरहँदा अचानक आवश्यक परेकाले एउटा सार्वजनिक शौचालय तर्फ दौडिरहेकोबेला साथीले चिच्याउँदै त्यहाँँ क्यामरा छ कि छैन जाँच्न भनिन् ।

म उनी तर्फ फर्केर हाँसे । तर उनले ठटा गरेको होइन रहेछ । अधिकांश कोरियाली महिलाहरुले कुनै पनि सार्वजनिक शौचालयमा जाँदा तिनीहरुले सबैभन्दा पहिले कुन ैचियाउने प्वाल वा क्यामरा राखेको छ की भनी जाँच्ने गरेको बताए ।

किनभने दक्षिण कोरियामा स्पाइ क्यामराको महामारी नै फैलिएको रहेछ । ’ यसरी लुकाएर राखिएका क्यामराले शौचालय , लुगाफाटा बेच्ने पसलका लुगा फेर्न कोठामा , जिम र स्विमिंग पुलमा समेत महिला र कहिलेकाहिँ पुरुषहरुको समेत नाँगा भिडियो खिच्ने गरिएको रहेछ । यस्ता भिडियोहरु पोप–अप पोर्नोग्राफीको अनलाइन साइटहरुमा पोस्ट गर्ने गरिएको छ ।
सोल स्थित अभियन्ताहरुले यदि यस्तो कार्य रोकन सकिएन भने यो अपराध अन्य राष्ट्रहरु सम्म अनियन्त्रित रुपमा फैलिने चिन्ता व्यक्त गरेका छन् । प्रत्येक वर्ष ६ हजार वटा भन्दा बढि यस्ता स्पाइ क्यामरा सम्बन्धमा प्रहरीमा उजुरी पर्ने गरेको छ । ८० प्रतिशत यसको शिकार महिला हुने गरेकाछन् ।
अझै सयौं अन्य घटना सार्वजनिक हुने नै गरेका छैनन् । आफ्नै साथीहरुले पनि महिलाहरुलाई झुक्याएर रेस्टुरेन्टतिर लगी टेबुल मुनिबाट हाकाहाकी अवैध ढंगले भिडियो खिच्ने गरेका छन् । लाज शरम र बदनाम हुने डरको कारण पनि केहि महिलाले आफुमािथ भएक यस्ता अन्याय सहने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्