नियतवश आगो लगाइँदा २१ हजार विस्थापित



क्यालिफोर्निया,(एजेनसी)
अनियिन्त्रित ढंगले अघि बढेको बन डँढेलाको कारण अमेरिकाको दक्षिणी कयालिफोर्नियमा २१ हजार जना भन्दा बढि मानिसलाई सुरक्षित गन्तव्यमा सारिएको छ ।

अरेन्ज काउन्टिको लेक एल्सिनोर वरपरका घरहरु होली नाम दिइएको सो डंढेलोको कारण खतरामा परेपछि स्थानिय वासिन्दालाई घर छोडेर अन्यत्र जान औपचारिक रुपमा आब्हान गरिएको हो ।

राज्यको विभिन्न भागमा फैलिएको सो डँढेलाको कारण सान डियगोको उत्तरका १९ हजार एकड भन्दा बढि जंगल नष्ट भइसकेको बताइएको छ । यसैबिच यस आगलागि शुरु गरेको अभियोग लगाउँदै प्रहरीले एकजना पुरुषलाई अदालतमा उपस्थित गराइसकेको छ ।

फोर्रेस्ट क्लार्क नामक ति व्यक्तिले अरेन्ज काउन्टिीमा पत्रकारहरुलाई अनुहार देखाउँदिन भन्दै थुप्रै पटक आक्रोश व्यक्त गरेका थिए । अदालतले उनको मुद्धलाई आगामी १७ अगष्ट सम्मका लागि मुल्तवीमा राख्दै उनलाई १० लाख अमेरिकी डलर जमानतमा रिहा गर्न आदेश दिएको छ ।

सो निर्णय सुनाइँदा उनले आफुले लाखौं डलर एकैछिनमा सजिलै निकाल्न सक्ने बताएका थिए । क्लार्कलाई मंगलवार प्रहरीले उनकै निवास सामु बल प्रयोग गरेर पक्राउ गरेको थियो । उनलाई छिमेकीहरुसंगको एक दशक लामो विवादको कारण जानीजानी आगजनि गरेको अभियोग लगाइएको छ ।

अरेन्ज काउन्टिका अधिकारीहरुले उनले स्थानिय अग्नि नियन्त्रण स्वयमसेवा प्रमुखलाई सो स्थानमा आगो लाग्न लागेको चेतावनी दिएको बताएका छन् । अहिले कमितमा १४ हजार अग्निनियन्त्रक आगो निभाउने प्रयासमा जुटेका छन् । साथै अष्ट्रेलिया र न्युजिल्यान्डको अग्नि नियन्त्रण विशेषज्ञहरु विमानबाट आगो निभाउन लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्