प्रियंकाले छोडेको भारतमा कट्रिनालाई १२ करोड



बलिउड नायिका प्रियंका चोपडाले सलमान खानको फिल्म भारत छोडेपछि अर्की नायिका कट्रीना कैफ फिल्मको हिस्सा बनेकी छिन्।

हुन त पहिले पनि सलमानले कट्रीनालाई नै लिन खोजेका थिए। पछि उनको नजर प्रियंका चोपडामा परेको थियो। प्रियंकाले अमेरिकी गायक निक जोनससँग इनगेजमेन्ट गरी अचानक भारतमा नखेल्ने निर्णय गरेपछि सलमानले फेरि कट्रिनालाई ेअफर गरेका थिए। कट्रिना भारतमा काम गर्न राजी भएपछि सलमान निकै खुशी छन्। कट्रीनाले आफ्नो पारीश्रकिक नै तय नगरी भारतमा खेल्न राजी भएकी हुन्। सलमानले भने कट्रीनालाई पनि प्रियंकाको जति नै पारीश्रमीक दिने निर्णय गरेको भारतिय सञ्चार माध्यमले जनाएको छ। समाचारमा जनाइएअनुसार प्रियंकालाई सलमानले भारतको लागि १२ करोड भारतीय रुपिया पारीश्रमीक दिएका थिए भने कट्रीना एक फिल्मको लागि ५/६ करोड लिने गर्छिन्।

केहि दिन अघि हलिउड गायक निक जोनससंग विवाहको कुरा छिनेकी प्रियंकाले हलिउड फिल्मको अफर आएका काराण् भारत छोडेको बताएकी छिन्। जसले गर्दा उनी विवादमा तानिएकी थिईन्।

प्रतिक्रिया दिनुहोस्