स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्य सामाग्री



मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले साझा प्रयासबाट प्राकृतिक तथा मानविय क्षति कम हुने बताएका छन् । सिंगापुर रेडक्रसबाट प्रारम्भ सामाजिक संस्थाको पहलमा प्राप्त प्राथमिक स्वास्थ्य सामाग्री वितरण गर्दै मन्त्री बास्कोटाले उत्त कुरा बताएका हुन् ।
जिल्लाका बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध, पाँचखाल, मण्डन देउपुर नगरपालिका र रोशी गाउँपालिका सहित नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले श्रोत र साधनको सहि सदुपयोग ग¥यौ भने मुलुकको विकास सम्भव भएको बताए । जिल्लाको डाँडापारी आगामी वर्ष भित्रै सडक सञ्जाल पु¥याउने लक्ष्य अनुसार कार्य गरिएको बताउँदै मन्त्री बास्कोटाले सुख र खुशी सम्वृद्धको आधार भएकाले त्यसकै लागि सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । प्राथमिक स्वास्थ्य सामाग्रीका सामानहरु रोशी गाउँपालिकालाई ४ सय ८ थान, धुलिखेल नगरपालिकालाई ३ सय १२ थान, बनेपा नगरपालिकालाई २ सय ६४ थान, पनौती नगरपालिकालाई ४ सय ८ थान, पाँचखाल नगरपालिकालाई ३ सय १२ थान, नमोबुद्ध नगरपालिकालाई ४ सय ८ थान, मण्डन देउपुर नगरपालिकालाई ३ सय १२ थान र नेपाल पत्रकार महासंघलाई २ सय १६ थान सामाग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्य, अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, संस्थाका अध्यक्ष एवं सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्रिलाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा बरिष्ठ कलारकार आचार्य, अर्थ सचिव खनाल, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यमान दोङ्ग, नेपाली कांग्रेसका सभापति मधु आचार्य, पत्रकार महासंघ काभ्रेका सल्लाहकार भोला थापा, संस्थाका डाईरेक्टर बद्रिराज तिमल्सिना लगायतले परोपकारी कार्य प्रारम्भ गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको थियो ।

मन्त्रीका तीन कार्यक्रम, पाँच स्थानमा सहभागि
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले शनिबार जिल्लामा तीनवटा कार्यक्रममा सहभागिता जनाएका छन् । त्यसका अलावा पार्टीका नेता स्व. गणेशदास उलकको परिवारलाई बनेपामा र स्व धुर्व सापकोटाको परिवारलाई पाँचखालमा पुगी समवेदना ब्यक्त गरेका छन् । धुलिखेलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरी मन्त्री बास्कोटाले बनेपामा एकिकृत पार्टीका नेता तथा कार्यकर्ताहरुका लागि सवा घण्टा प्रशिक्षण दिए ।
बनेपा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले पार्टी एकिकरण, सरकारका काम कारवाही र नेपाली जनताको भविश्यका लागि सरकारले लिएको नीति र बोकेको सपना कार्यन्वयनका लागि एकिकृत पार्टीको जिम्मेवारी र दायित्वका बारेमा बताएका थिए । नगर कमिटी संयोजक एवं बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु हरिदेव गिरी, विनोद गौतम, रामचन्द्र भट्टराई लगायतले एकिकृत पार्टीको संरचनाले आम कार्यकर्ताहरुमा उत्साह भर्दै मुलुक सम्वृद्ध बनाउनु पर्ने बताएका थिए ।
धुलिखेलमा नेपाल सुन चाँदी ब्यवसायी संघको कार्यक्रममा मन्त्री बास्कोटाले सहभागिता जनाए । अध्यक्ष दानकाजी शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री बास्कोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले ब्यवसायी मर्यादा, लगानीको सुरक्षा, आर्थिक पारदर्शिताको आवश्यकता रहेको बताए । कानुनको अभाव नहुने बताउँदै मन्त्री बास्कोटाले खानीहरुको उत्खनन, सम्भाब्यता अध्यययन गरी मुलुकलाई आत्म निर्भर बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्लाका प्रतिनिधि सभा, प्रदेश सभाका सांसदहरु, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, संघका केन्द्रिय निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्