संघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिन कन्जुसायी: प्रदेश मन्त्री



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले संघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिन कन्जुसायी गरि रहेको खुलासा गर्नु भएको छ ।
प्रदेश सरकारले कानुनको अभावमा जनताले सोच अनुरुप काम गर्न नसकेको बताउदै कानुन निर्माणलाई प्राथमिकतामा राखेको पनि मन्त्री गिरीले बताउनु भयो ।
मन्त्री गिरीले प्रदेश सरकारले जनताको पहुचमा सहज बनाएको बताउदै प्रदेश सरकारले सार्वजनिक गरेको वजेट कार्यान्वन भएमा संघियताको आभाष जनतामा हुने विश्वास व्यक्त गर्नु भयो ।

आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं साधारण सभामा शनिवार वोल्दै मन्त्री गिरीले घर,टोल, छिमेकमा फोहोर गर्नेलाई समाजवाट वहिष्कार गर्ने सामाजिक पद्धतीको विकास गर्न जरुरी भएको धारणा राख्नु भयो । सरसफाई विना नगरको कल्पना पनि गर्न नसकिने भन्दै उहाँले शुद्ध खानेपानी र सरसफाईमा स्थानिय तह गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।
तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेले स्थानिय सरकारले गर्ने काम खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले गरेर उदाहरणीय प्रस्तुत गरेका छन भन्दै ति संस्थाहरुसंग मिलेर नगरपालिका अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नगर प्रमुख घिमिरेले नगरको फोहर सरसफाईका लागि प्रत्येक उपभोक्तालाई खानेपानी सस्थासंग मिलेर फोहर संकलन गर्ने दुई वटा बाल्टी वितरण गर्ने र गल्ने र नगल्ने फोहर अलग गरी व्यवस्थापन गर्ने योजना ल्याईएको बताउनु भयो । खानेपानी डिभिजन कार्यालय योगिकुटीका निमित्त प्रमुख देवि प्रसाद पाठकले शुद्ध खानेपानी वितरणका लागि पानीको परिणाम, गुणस्त्तर र नियमिततालाई ध्यान दिन जरुरी रहेको धारणा राख्नु भयो । आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष केशव राज न्यौपानेले उपभोक्तालाई सुविधा दिने उद्देस्यले पानीको महशुलभुक्तानी, मिटर रिडिगं र खानेपानी सम्बन्धी सम्पुर्ण जानकारी लिन ईसेवाको व्यवस्था गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष माधव प्रसाद पाठक ,सल्लाहकार धु्रव कुमार धिताल ,नयाँगाउ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष डिल्लीराज शर्मा, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हरि प्रसाद तिवारी , तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल ,निर्वमान अध्यक्ष खिमानन्द गौतम, संस्थाका चिन्ता भण्डारी कडेल, छत्रराज गौतम, कार्यालय सहायक नवराज न्यौपाने लगाएतले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अबउ पभोक्तालाई राहात हुने कार्यक्रम संचालन गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्