सातामा ९ दशमलव २५ अंकले घट्यो नेप्से



Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं, (नेस)
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव २५ अंकले घटेर अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीको कारोबार भएको छ। जसअनुसार १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपियाँ बराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता शेयर खरिदबिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १४ दशलमव ६८ प्रतिशत कम हो। गत साता १ सय ८१ कम्पनीको कारोबार भएको थियो। जसअनुसार १५ हजार ३ सय १० कारोबारबाट १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपियाँ बराबरका ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए।

यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशलमव ८४ अंकले घटेर २ सय ४९ दशमलव १३ अंकमा आइपुगेको छ। कारोबार रकमका आधारमा यस साता प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ५ करोड ९० लाख ४० हजार रुपियाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, कारोबार भएको शेयर संख्याका आधारमा पनि ५ लाख ८५ हजार कित्ता शेयर कारोबार गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक नै पहिलो स्थानमा देखिएको छ। कारोबार संख्याका आधारमा भने साताभर कुल ८ सय ७७ वटा कारोबार गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो स्थानमा देखिएको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

प्रतिक्रिया दिनुहोस्