पेप्सीको सफलताभित्र लुकेको इन्द्रा नुयीको सफलता



काठमाडौं, (नेस)
इन्द्रा कृष्णमूर्ति नुयी अर्थात् इन्द्रा नुयी चर्चित अन्तर्राष्ट्रिय कम्पनी पेप्सीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनको जन्म २८ अक्टुबर १९५५ मा भारतको तमिलनाडुमा भएको हो। पछिल्लो २४ वर्षदेखि पेप्सीको कम्पनीमा कार्यरत नुयीले केही दिन अघि मात्र उक्त कम्पनी छोड्ने निर्णय लिएकी छिन्।

दक्ष्ँिण भारतको एक मध्यम वर्गीय परिवारबाट विश्वकै उत्कृष्ट ठहरिएको कम्पनीको प्रमुखसम्मको नुयीको यात्रा भने पक्कै पनि सजिलो थिएन। नुयीको शुरूवाती शिक्षा भारतमै भएको थियो। उच्च शिक्षा मद्रासको होली एन्जिल्स एङ्लो इण्डियन हायर सेकेण्डरी स्कूलबाट र चेन्नईको क्रिस्चियन कलेजबाट स्नातक गरेपछि उनले भारतीय प्रबन्ध संस्थान (आईआईएम) कलकत्ताबाट एमबीए गरिन्। केही वर्ष भारतमै बसेर उनले जोनसन एन्ड जोनसन कम्पनीमा प्रोजेक्ट मेनेजरका रुपमा काम गर्न शुरू गरिन। भारतमा केही समय काम गरेपछि उनी थप अध्ययनका लागि भन्दै सन् १९७८ मा अमेरिका पुगिन्।

अमेरिकामा भारतजस्तो जीवन सहज थिएन उनलाई। पढाईको खर्च चलाउनका लागि उनी रातभरी रिसेप्सनिष्टको काम गर्थिन् भने विहान उठेर त्यहीबाट कलेज जान्थिन्। एल स्कुल अफ म्यानेजमेन्टबाट स्नातकोत्तरमा अन्तर्वार्ता दिन जाँदा उनले आफ्नो पोशाकका कारण ‘रिजेक्ट’ हुनु परेको थियो। दोस्रोपल्टको अन्तर्वार्तामा भने उनी छनोट भइन्। किनकी दोस्रोपटक जाँदा उनले आफ्नो पोशाक लगाईमा ध्यान दिएकी थिइन्। पहिलोपटक अन्तर्वार्ता दिन जाँदा उनले ‘वेस्टर्न सुट’ लगाएर गएकी थिइन्। जुन पहिरन नुयी आफैलाई पनि एकदमै अप्ठेरो महशुस भइहरेको थियो। जसका कारण उनी अस्वीकृत भइन्। त्यसपछि उनले एक जना प्रोफेसरको सल्लाहमा सारी लगाएर गइन्। दोस्रोपटक भने छनोट भईन्। किनकी उनलाई सारी लगाउँदा सजिलो महशुस भइरहेको थियो। येल विश्वविद्यालयबाट उनले पब्लिक एन्ड प्राइभेट म्यानेजमेन्टको अध्ययन पूरा गरिन्।

दक्षिण भारतको एक मध्यम वर्गीय परिवारबाट विश्वकै उत्कृष्ट ठहरिएको कम्पनीको प्रमुखसम्मको नुयीको यात्रा भने पक्कै पनि सजिलो थिएन। नुयीको शुरूवाती शिक्षा भारतमै भएको थियो। उच्च शिक्षा मद्रासको होली एन्जिल्स एङ्लो इण्डियन हायर सेकेण्डरी स्कूलबाट र चेन्नईको क्रिस्चियन कलेजबाट स्नातक गरेपछि उनले भारतीय प्रबन्ध संस्थान (आईआईएम) कलकत्ताबाट एमबीए गरिन्। केही वर्ष भारतमै बसेर उनले जोनसन एन्ड जोनसन कम्पनीमा प्रोजेक्ट मेनेजरका रुपमा काम गर्न शुरू गरिन।

 

येलको पढाई सकाएपछि उनले वेस्टन कन्सल्टेन्सी ग्रुपका साथ आफ्नो व्यावसायिक करियरको शुरूवात गरिन्। नुयी आफ्नो सहकर्मीभन्दा मेहनती थिइन्। उनलाई लाग्थ्यो कि महिला भएकै कारण पुरुषले भन्दा बढी मेहनत गर्न सकेमा मात्र सफलता हासिल गर्न सकिन्छ। जीवनमा अगाडि बढ्न सकिन्छ, जुन कुरा उनले प्रमाणित गरेर पनि देखाइन्। वेस्टनबाट निस्किएपछि नुयीले मोटोरोला कम्पनीमा जागिर गर्न शुरू गरिन्।

मोटोरोला कम्पनीमा भाइस प्रसिडेन्टका रुपमा ४ वर्ष काम गरेपछि उनले सन् १९९४ मा पेप्सीको कम्पनीमा काम गर्न शुरू गरिन्। सन् २००६ मा उनलाई पेप्सीको कम्पनीको अध्यक्ष तथा सीईओको जिम्मेवारी दिइयो। नुयी पेप्सीको कम्पनीको उक्त पदमा पुग्ने पहिलो महिला पनि हुन्।

‘म भारतमा जन्मे हुर्केको व्यक्ति भएका कारण पनि मैले कहिल्यै कल्पनासम्म गरिन कि म कुनै दिन विश्व बजारमा नाम कमाउन सफल कम्पनीको पेप्सीको चलाउने सामथ्र्य राख्छु। तर, मैले फरक वातावरणमा आईपुगेपछि मात्र आफूभित्रको सामथ्र्य चिन्न सके।’ नुयीले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्। पेप्सीको कम्पनीमा नुयीले लागू गरेको कम्पनी व्यवस्थापन रणनीतिमा मानव संशाधनको समुचित परिचालन, दीर्घकालीन सोचका साथ तयार पारेको कर्पोरेट रणनीति, सार्वजनीक नीति तथा सरकारी मामिलामा विशेष रुपले हेरफेर पछि विश्व बजारमा प्रस्पिर्धी कम्पनीका रुपमा स्थापित हुन सफल भयो।

बाल्यकालमा उनकी आमा प्रायःजसो सोध्ने प्रश्न एउटै थियो, तिमी संसार बदल्नका लागि गर्छौ ? तर नुयी अनुत्तरित हुन्थिन्। समय क्रमसँगै भने उनले त्यो प्रश्नको जवाफ दिइन्। चर्चित अमेरिकी पत्रिका फोब्र्सका अनुसार नुयी सन् २०१७ मा विश्वका शक्तिशाली महिलाको सुचीमा ११औं स्थानमा थिइन्।
विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्