नेपाल र म्यानमारबीच द्विपक्षीय व्यापार वृद्धि गर्न जोड



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल र म्यानमारबीच व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले म्यानमारका उद्यमी र नेपालका उद्यमीबीच छलफल भएको छ। उद्यमी यूकोको लाटको नेतृत्वमा आएको म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बिहीबार छलफल भएको हो।

उक्त अवसरमा म्यानमारको प्रतिनिधि मण्डलका प्रमुख यूकोको लाटले म्यानमारमा राजनीतिक परिवर्तनपछि सुधारका संकेत देखिन थालेकाले म्यानमार नेपालमा उद्यमी–व्यवसायीसँग द्विपक्ष्ीाय व्यापार, लगानी प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा जोड दिन उत्साहित रहेको बताए। नेपालमा प्रत्येक वर्ष करिब २५ हजार म्यानमार पर्यटक लुम्बिनीको भ्रमण गर्न आउने हुँदा पर्यटन प्रवद्र्धनको लागि समेत द्विपक्षीय सम्बन्ध सुदृढ गर्न व्यवसायीस्तरमा नै सम्बन्ध सुदृढ हुनुपर्ने उनले बताए। नेपालको जलस्रोत र सौर्य ऊर्जामा म्यानमारले लगानी गर्न सक्ने सम्भावना रहेको र द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न निजी क्षेत्रबाट केही समय अगाडि हिमालय एयरलाइन्सको प्रत्यक्ष उडान रहेकोमा सो व्यवस्थाको निरन्तरता वा सिधा हवाई सेवाको व्यवस्था भएमा दुई देशबीच पर्यटन एवम् अन्य आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धिको सम्भावना रहेको समेत लाटले बताए।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले म्यानमारमा राजनीतिक परिवर्तन पश्चात तीव्र गतिमा बढ्न गइरहेको आर्थिक क्रियाकलापको फाइदा समेत नेपाललगायत यस क्षेत्रका राष्ट्रले लिने अपेक्षा रहेको बताउँदै १९ मार्च १९६० देखिनै दौत्य सम्बन्ध स्थापना भई एतिहाँसिक र साँस्कृतिक सम्बन्ध दुई मुलुकबीच भएता पनि आर्थिक सम्बन्ध अपेक्षाकृत हुन नसकेको पृष्ठभूमिमा अब दुवै मुलुकले बदलिएको अवस्थामा व्यापारघाटा कम गर्न, औद्योगिक लगानी अभिवृद्धि गर्न र पर्यटन प्रवद्र्धनमा समेत उपयुक्त पहल गर्नुपर्ने विषयमा जोड दिए। नेपालले म्यानमारसँग क्रमिक व्यापारघाटा व्यहोर्नु परेको सन् २०१५/१६ मा निर्यात ४४ लाख ७हजार र आयात १ अर्ब ६४ करोड ४८ लाख १० हजार बराबर भएको र आयातमा मासको दाल, गेडागुडीका सामान भएको र नेपालले निर्यात सम्भाव्य वस्तुमा ऊनी गलंैचा, चिया, कफीमा विशेष जोड दिई पुष्प व्यवसायमा पनि म्यानमारबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गर्न सक्ने बताए।

नेपाल म्यानमारबीच कृषि प्रशोधन, शिक्षा खासगरी चिकित्सा तथा इन्जिनियरिङ र पर्यटनमा द्विपक्षीय सहयोगको प्रवल सम्भावना रहेको शर्माको भनाइ थियो। म्यानमारको व्यापारिक प्रतिनिधि मण्डलमा होटल व्यवसायी, निर्माण , औषधि व्यवसाय, ट्राभल्स र शिक्षा, खनिज व्यवसायीलगायतका व्यवसायीहरू सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्