राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष माग



काठमाडौं, (नेस)
रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष बुझाएको हो।

स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउन्डेसनका अध्यक्ष शुष्मा राईले संयुक्तरूपमा बुझाउनुभएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ। प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने बताउनुभयो।

‘तपाईंहरूले बडो महत्वको विषय उठाउनुभएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ।’

प्रतिक्रिया दिनुहोस्