गर्भपतन विधेयक अस्विकृत



ब्युनसआयर्स,(एजेन्सी)
अर्जेन्टिनाका ेसिनेटले विहिवार गर्भवती भएको पहिलो चौंध महिनामा गर्भपतनलाई कानुनी मान्यता दिनका लागि पेश गरिएको विधेयक अस्विकार गरेको छ। लामो बहसपछि उत्तर विेधेयमाथि भएको मतदानमा सिनेटरहरुले पक्षमा ३१ र विपक्षमा ३८ मत दिएका छन्।

यसको अर्थ विधायकहरुले आगामी वर्ष पुन सिनेटमा यो विधेयक पेश नगरिएसम्म केहि पनि गर्न नसक्ने भएका छन्। अहिले अर्जेन्टिनामा वलातकारको घटनामा वा कुनैपनि गर्भवती महिलाको स्वास्थ नै खतरामा परेको स्थितीमा मात्र गर्भपतनको अनुमति दिइने गरिएको छ।

विधेयक माथि मतदान भइरहेकोेबला संसद भवन बाहिर गर्भपतनका समर्थक विरोधि दुवै समुहले र्यालीको आयोजना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्