कथा काठमाडौंको जुन तारा



सञ्चारकर्मी संगीता श्रेष्ठद्वारा निर्देशित डेब्यु फिल्म कथा काठमाडौंको अर्को गीत सार्वजनिक भएको छ। केही दिनअगाडि मात्र पहिलो गीत सार्वजनिक गर्दै असोज १२ लाई रिलिज मिति तय गरेको फिल्मले दोस्रो गीत जुन अनि तारा सार्वजनिक गरेको हो।

गीतमा फिल्मका तिनै जोडिलाई देखाइएको छ। सुगम पोखरेलले गाएको गीतमा शब्द इशा सुब्बाको रहेको छ भने संगीत दीपेश सुब्बाले दिएका छन्। गीतको कोरियोग्राफी निर्देशक संगीता श्रेष्ठले नै गरेकी छिन्। टेलिफिल्म कथा प्रेमका निर्देशन गर्दै आफूलाई भिजेसँगै निर्देशकको रूपमा समेत परिचित गराएकी संगीताले पहिलोपटक फिल्म निर्देशन गरेकी हुन्। ‘यो गीतमा हामीले तिनै पात्रलाई देखाएका छौं। यस रोमान्टिक गीतले फिल्मको अर्को पाटोलाई अगाडी ल्याउँछ भन्ने विश्वास छ’, निर्देशक श्रेष्ठ भन्छिन्– ‘आफैंले टेलिफिल्म र किताब लेखिसकेको छु। त्यसैले पनि म एकै थलोमा रहेका भिन्न पात्रको कथालाई देखाउन रुचाउँछु।’

काठमाडांैलाई कर्मभूमि बनाएर रहिरहेका भिन्न–भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ। प्रियंका कार्की, आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म विजय राईले निर्माण गरेका छन्। आहाना फिल्मको ब्यानरमा बनेको फिल्म लुजा सिंहले खिचेको फिल्म मित्र गुरुङले सम्पादन गरिरहेका छन्। फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्