धनका लागि सौता लागे सुन्दरी !



रश्मी थापा,
ग्ल्यामर दुनियाँका मानिसको वास्तविक कहानी पनि कुनै फिल्मभन्दा कम हुँदैन। जस्तोकि बलिउडतिर हेर्ने हो भने आफ्नो प्रेम असफल भएपछि अर्को रोज्ने सुन्दरी एकातिर देखिन्छन् भने केही सुन्दरी पैसा र शान शौकतकै लागि दोस्री पत्नी बनेका पनि देखिन्छन्। कोही बलिउड नायिका इज्जत र प्रतिष्ठाका लागि बिहे बन्धनमा बाँधिएका छन् भने केही सुरक्षित जिन्दगीको आंकाक्षा पूरा गर्न पनि दोस्रो पत्नीका रूपमा भित्रिएको पाइन्छ। तीनैमध्ये केही बलिउड नायिकाको चर्चा यहाँ गरिएको हो।

शिल्पा शेट्ठी
सन् १९९७ मा फिल्म जनावरको सुटिङबाट नायक अक्षय कुमार र शिल्पा शेट्ठी नजिक भएका थिए र प्रेममा परेका थिए। फिल्म धड्कनको सुटिङका दौरानमा भने अक्षयको दिल शिल्पाका लागि नभएर उनकी बेस्ट फ्रेन्ड ट्वींकलका लागि धड्किन थाल्यो। यो खबर सुनेपछि शिल्पाले हंगामा मच्चाइन्। भनिन्छ आफूसँग विवाह गर्नका लागि अक्षयले शिल्पालाई फिल्मी करिअर छोड्नुपर्ने शर्त राखेका थिए। शिल्पाले नमानेपछि अक्षयले शिल्पालाई धोका दिएका थिए। सन् २००० मा अक्षयसँग ब्रेकअप भएपछि शिल्पाले २००९ मा ब्रिटिस व्यापारी राज कुन्द्राका साथ विवाह गरेकी हुन्। राजकी पत्नी कविताले पतिले आफू र आफ्नी छोरीलाई शिल्पाका लागि छोडेको भन्ने आरोप पनि लगाएकी थिइन्। शिल्पालाई दोस्रो पत्नीको रूपमा भियाएका राज १ सय मिलियन डलरका मालिक हुन्।

श्रीदेवी
अभिनेतृ स्व. श्रीदेवी निर्माता बोनी कपुरकी दोस्रो पत्नी बनिन्। भनिन्छ श्रीदेवीको अभिनेता मिथुन चक्रवतीसँग प्रेम थियो र उनीहरूले गुपचुपरूपमा विवाह गरेका थिए। जब यो कुरा मिथुनकी पत्नी योगीताले थाहा पाइन् उनले आत्महत्याको प्रयास गरिन्। यो सब भएपछि मिथुन श्रीदेवीलाई छोडेर योगीताको साथ बस्न थाले। बोनी श्रीदेवीलाई निकै मन पराउँथे, तर उनी मिथुनको नजिक भएपछि बोनीले मोनासँग विवाह गरे। जब श्रीदेवी एक्लै परिन्, फेरि बोनीको मन उनीमाथि फर्कियो। सन् १९९५ मा श्रीदेवीको आमाको ब्रेन ट्युमरको अप्रेसन भयो। यो दुखद् घडीमा बोनीले श्रीदेवीलाई निकै सहयोग गरे। सन् १९९६ मा उनीहरूले विवाह गरे। बोनीको पहिलो श्रीमती मोनाको पनि निधन भइसकेको छ भने उनको तर्फबाट १ छोरा नायक अर्जुन कपुर रहेका छन्। श्रीदेवीका २ छोरी जान्वी र खुसी छन्। जान्वीले यही वर्ष फिल्म धड्कबाट आमाको पथ पछ्याइन् भने उनकी बहिनी खुसी पनि बलिउडमा प्रवेश गर्ने सोच बनाइरहेकी छिन्।

लारा दत्त
पूर्वमिस युनिभर्स तथा बलिउड अभिनेतृ लारा दत्त टेनिस खेलाडी महेश भुपतीकी दोस्रो श्रीमती हुन्। लाराको प्रेममा परेका महेशको विवाह भइसकेको भए पनि उनीहरूको विवाह लामो समयसम्म टिकेन। दोस्रो श्रीमती जयशंकरसँग सम्बन्धविच्छेद गरेपछि उनले लारासँग विवाह गरेका थिए। तर महेश नै लाराको पहिलो प्रेम भने थिएनन्। उनको नाम केली दोरजी, टाइगर उड्स तथा डिनो मारियाजस्ता व्यक्तिका साथ जोडिएको थियो।

(एजेन्सीको सहयोगमा)

रानी मुखर्जी
अभिनेतृ रानी मुखर्जी अभिनेता गोविन्दाको प्रेममा चुर्लुम्म डुबेकी थिइन्। फिल्म हद करदी आपनेको सुटिङको क्रममा नजिक भएका उनीहरूको प्रेमको हल्ला सन् २००२ मा फैलिएको थियो। एकपटक गोविन्दा रानीको फ्ल्याटमा अर्धनग्न अवस्थामा भेटिएको समाचार पनि बाहिरिएको थियो। यो कुरा उनकी श्रीमती सुनिताले थाहा पाएपछि छोडपत्र मागिन्। गोविन्दा रानीसँग विवाह गर्न चाहन्थे तर उनको सारा सम्पत्ति सुनिताको नाममा भएका कारण सुनितालाई छोडपत्र दिएनन् र रानीबाट टाढा भए। यसरी छोडिएकी रानी केही समयपछि फिल्मकर्मी आदित्य चोपडाको प्रेममा परिन्। उनीहरूको प्रेमका कारण आदित्यकी पत्नी पायलले असहज महसुस गरिन् र उनी सम्बन्धविच्छेदसम्म पुगिन्। यसको कारण रानी भनिए पनि रानीले आदित्यको सम्बन्धविच्छेदपछि मात्र आफूले उनलाई प्रेम गर्न थालेको भन्दैआइरहेकी छिन्। पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदपश्चात् रानी आदित्यको दोस्रो पत्नी बनिन्।

                                                                                                                                              करिना कपुर
बलिउड नायिका कट्रिना कैफको नाम एकताका चकलेटी नायक साहिद कपुुरसँग जोडिएको थियो। उनीहरूको प्रेम कहानीका बारेमा हरकोही जानकार छन्। उनीहरू दुवैले सार्वजनिकरूपमै यस सम्बन्धलाई स्वीकारेका थिए। उनीहरू सन् २००४ मा फिल्म फिदामा काम गर्दा नजिकिएका थिए। जब वी मेटको सुटिङका क्रममा एकअर्काबाट टाढा हुन थाले। भनिन्छ ब्रेकअपको केही समयसम्म करिना साहिदसँग प्याचअपको कोसिस गरिरहेकी थिइन्, तर यो सफल हुन सकेन। उनीहरूले कहिल्यै पनि आफ्नो ब्रेकअपका बारेमा सार्वजनिकरूपमा बोलेनन्। करिना सन् २०१२ मा अभिनेता सेफ अली खानसँग विवाह गरेर दोस्रो पत्नी बन्न पुगिन्। सेफकी पूर्वपत्नी अमृता हुन्। साहिदले भने सन् २००१७ मा मीरासँग विवाह गरे।

रविना टण्डन
सन् ९० को दशककी चर्चित अभिनेतृ रविना टण्डनले सुपरस्टार सलमान खानका साथ करिअरको शुरूआत गरेकी थिइन्। अभिनेता अक्षय कुमार तथा रविना प्रेममा थिए र विवाहका लागि इनगेजमेन्ट पनि गरेका थिए। फिल्म खिलाडीओका खिलाडीको सुटिङको दौरानमा रेखा र अक्षय नजिक भएको खबर बाहिरियो। यस खबरले अक्षयका लागि करिअर छोड्न तयार भएकी रविनाले उनीबाट टाढा हुने निर्णय गरिनन्। त्यसपछि निराश बनेकी रविनाका साथमा कुनै पनि फिल्म थिएनन्। पछि निर्देशक अनिल थण्डानीसँग विवाह गरेर उनकी दोस्री श्रीमतीको रूपमा भित्रिइन्। उनीहरूको एक छोरा र एक छोरी छन्।

                                                                                                                                                                                        करिश्मा कपुर
नायक अभिषेक बच्चनसँगको इनगेजमेन्ट टुटेपश्चात् नायिका करिश्मा कपुरले उद्योगपति सञ्जय कपुरसँग विवाह गरेकी थिइन्। डिभोर्सी सञ्जयकी दोस्रो पत्नीका रूपमा भित्रिएकी करिश्मा पतीसँग ११ वर्ष सँगै बिताएपछि सम्बन्धविच्छेद गरेर एक्लै बसिन् भने सञ्जयले आफ्नी प्रेमीकासँग विवाह गरिसकेका छन्।


जुही चावला

सन् ९० को दशककी चर्चित अभिनेतृ जुही चावलाले सन् १९९० मा उद्योगपति जय मेहतासँग विवाह गरेर उनकी दोस्रो पत्नी बनिन्। जयको पहिलो श्रीमती थिइन्। हाल उनीहरूका १ छोरा र १ छोरी छन्। जय करिव २ मिलियन ४३ करोड डलरबराबरको सम्पत्तिका मालिक हुन्।

प्रतिक्रिया दिनुहोस्