काठमाडौं, (नेस)
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली कांग्रेस (बीपी)सँग चाँडो एकता हुने बताउनुभएको छ। उहाँले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट गर्नुभयो। यसअघि हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी)सँग एकीकरणका लागि सैद्धान्तिकरूपमा सहमति गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो।