पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयमा तालाबन्दी



सरोज यादव, विराटनगर ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षा बदनियतपूर्ण भएकाले सच्याउन माग गर्दै ५ वटा विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रिय कार्यालयल र सेवा आयोगमा तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारी, अनेरास्वीयू, समाजवादी विद्यार्थी फोरम, नयाशक्ती विद्यार्थी युनियन र राष्ट्रीय जनता पार्टी विद्यार्थी संघले तालाबन्दी गरेका हुन् । नियम अनुसार एक तह बढुवा हुनुपर्नेमा दुई तह बढुवा गरेको निर्णय सच्याउनुपर्ने, सेवा आयोगमा बढी शुल्क लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायत ६ बुदे माग सहित तालाबन्दी गरिएको अखिल क्रान्तिकारी मोरङ जिल्ला संयोजक ताजिम अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्