विराटनगरका पानी उद्योगले सरकारको निर्देशन टेरेनन्



सरोज यादव, विराटनगर ।
सरकारको निर्देशन विपरीत विराटनगरका केही पानी उद्योगले बजारमा गुणस्तरहीन पानी वितरण गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले शुक्रबार गरेको बजार अनुगमनका क्रममा उद्योग बन्द गरेर गुणस्तर सुधारको प्रयास थाल्न निर्देशन दिइएका उद्योगहरुले गुणस्तरहीन पानी जबर्जस्ती बजारमा बिक्री गरेको पाइएको छ ।

पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण बन्द गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन दिएको थियो । तर, अनुगमनका क्रममा हाइमल जल उद्योगको २४ लिटर, सितल जल उद्योग ४ सय ४७ लिटर, जोनसोन जल उद्योगको १ सय ९८ लिटर र श्रीजल उद्योगको २० लिटर पानी बरामद भएको खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षकप्रेम अज्र्यालले बताए । न्यूरो हस्पिटल छेउका विभिन्न ६ वटा पसल तथा फार्मेसी तथा कोशी अञ्चल अस्पताल आसपासका २ वटा औषधि पसलबाट उक्त पानी नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्