बर्षादका कारण जोरायल सडक अबरुद्ध



विमल विष्ट, डोटी ।
लगातारको बर्षादका कारण डोटीको बुडर जोरायल जोड्ने सकड अबरुद्ध भएको छ । बुडर जोरायल जोड्ने ३० किलो मिटर सडकका बिभिन्न भागमा पहिरो आउदा शुक्रबार दिउसो बाट उक्त सडक बन्द भएको हो । पहिरोका कारण सडक बन्द भएपछि स्थानियबासीलाई समस्या भएको स्थानिय महेन्द्र थापाले बताउनु भयो ।

सडक खुलाउन स्थानियबासीहरुले प्रयास गरेपनि सडकमा ठुल्ठुला ढुंगा आएका कारण सडक खुलाउन सकिएको छैन् । बन्द भएको सडक खुलाउन डडेल्धुरा बाट जेसिबि मगाईएको ईलाका प्रहरी कार्यालय बुडका प्रमुख रुपसिंह थापाले बताउनु भयो । सडक बन्द भएपछि उक्त सडकमा दजर्नौ सवारी साधन रोकिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्