संघियताको बाँंझो बारीको डल्लो फुटाउने अभियानमा छौंः सभामुख घर्ती



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरिएकोले यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो,संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीस गरिरहेको बताउनु भयो ।
उहाँले आफुहरुका बिचमा केहि सकारात्मक चुनौतीहरु रहेको भन्दै  तत्कालका लागि २ वटा दायित्व निर्बाह गर्नुपर्ने बताउनु भयो ।
सभामुख घर्तीले भन्नु भयो तत्कालका लागि प्रदेश कानुन निर्माण गर्न जरुरी र त्यसपछि हामी बिकास निर्माणका काम अघि बढाउनुपर्ने दायित्वमा छौ ।’
उहाँले मुख्य बिषयमा जोड दिन नसकिए संघीयता अलमल हुने बताउदै संबिधान कार्यान्वयनमा सबैलाग्न जरुरी रहेको धारणा राख्नु भयो ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा शुक्रवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले केन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गर्नु भएको छ् । संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको भन्दै उहाँले टेम्पोको उदाहरण समेत दिनु भयो ।
एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ’ उहाँका कथन थियोे ।
प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उहाँको भनाई  छ ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा शुक्रवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले बांझो बारीको डल्लो फुटाउने कोशीसमा रहेको प्रष्ट पार्नु भयो  ।
महंगी नियन्त्रण र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताउनु भयो ।
उहाँले प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन, अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताउनु भयो ।
यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उहाँले न्यायालयले नै निर्णय गर्ने बताउनु भयो ।
प्रदेशसभाले पहिलो र दोश्राँे अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्