गोली हानेर धनमाल लुटपाट, लुटेरा समूह फरार



धनुषा,
करीब १०१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा मिथिला नगरपालिका-८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।
गएराति उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते बनाएर मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको बताइएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । फरार लुटेराहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्