लोक स्वादमा रातै चोली



गायक तथा संगीतकार उज्वल थेबे लिम्बुको डान्सिङ लोक फ्लेवरको रातै छ चोलीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

लामो समयदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए। फिल्मका लागि समेत संगीत तयार पार्दै आएका उज्वलको यो गीतमा शब्द तथा संगीत पनि उनैको रहेको छ।

यसको म्युजिक भिडियो पेमा तामाङले निर्देशन गरेका छन्। भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बु र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ। भिडियोमा उनीहरूको केमेस्ट्री जमेको छ। ‘यसको भिडियोका लागि निकै मेहनत गरेका छौं। अवश्य दर्शक तथा स्रोताले रुचाउँछन् भन्ने लागेको छ।’ –उज्वल भन्छन्। भिडियो हरि नारायणले खिचेका हुन् भने सम्पादन प्रदीप दाहाल प्रोडक्सनले गरेको हो।

प्रतिक्रिया दिनुहोस्