डन दाउद इब्राहिमको सम्पत्ति लिलामीमा



मुम्वइ(एजेन्सी)
भारतको केन्द्रीय वित्त मन्त्रीले अण्डरवल्र्ड डन दाउद इब्राहिमको मुम्बईमा स्थित मसुल्ला भवन लिलामीको लागि बोलपत्र आह्वान गरेका छन् ।
इब्राहिम र उनको परिवारको मुम्बईको पक्मोदिया मार्गमा रहेका तीनमध्ये यो भवन एक सम्पत्ति हो ।

आगामी ९ अगष्टमा यस मसुल्ला भवनको लिलामी मुल्य बोलकबोल ७९ लाख ४३ हजार भारुबाट शुरु हुने बताइएको छ । भारतका राष्ट्रिय दैनिक अखवारहरुमा जारी गरिएको टेण्डर सूचना अनुसार यो लिलामी ‘स्मग्लर एण्ड फरेन एक्सचेन्ज म्यानिपुलेटर (सफेमा)’ ऐन अन्तर्गत हुने भएको छ ।

सूचना अनुसार इच्छुक व्यक्तिहरुले अगस्ट ६ सम्ममा बैना वापत २५ लाख भारु बुझाइ सक्नुपर्ने छ । यसैबिच मुम्बई, औरंगावाद, भलसाद, दामन, सुरत र अहेमदावादमा रहेका अन्य नौ सम्पत्तिका लागि पनि सफेमा ऐन अन्तर्गत लिलामी आह्वान गरिएको छ ।

गत २० अप्रिलमा भारतको सर्वोच्च अदालतले केन्द्रीय सरकारलाई दाउदका सम्पत्तिहरुको स्वामित्व ग्रहणगर्न आग्रह गरेपछि यो लिलामी प्रक्रिया अघि आएको हो । दाउदको आमा अमिन कस्कर र उनकी बहिनी हसिना पारकरले सर्वोच्च अदालतमा सो आदेश विरुद्ध दायर गरेको याचिका अस्वीकृत भएको थियो ।

सन् २०१७ मा दाउद इव्राहिमका अन्य तीन सम्पत्तिलाई सबैभन्दा उच्च ११ करोड भारु बोली लगाएर सइफी बुरहानी अपलिफ्टमेन्ट नामक ट्रस्टले लिलामी जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्